ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शिक्षक र प्रहरीमा संक्रमण देखिएपछि सिन्धुपाल्चोकको २ ओटा वडा सिल 

२०७७ सावन, २५  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन २५, सिन्धुपाल्चोक । शिक्षक र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-५ र सुनकोशी गाउँपालिका वडा नम्बर-७ सिल गरिएको छ । 

आइतवार बसेको जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले अर्को निर्णय नभएसम्मका लागि यी दुई ओटा वडा सिल गर्ने निर्णय गरेको हो । 

जुगल गाउँपालिकामा सल्यानबाट आएका दुई शिक्षक र सुनकोशी गाउँपालिकामा जामुने घर भएका ३५ वर्षीय एक प्रहरीमा कोरोना संक्रमण देखिए पछि यी दुई ओटा वडा सिल गरिएको हो ।

सो स्थानहरुमा आइतवारबाट मानिसको आवतजावत र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । यहाँका पसल तथा व्यवसाय पनि पूर्ण रुपमा बन्द गरिएको छ ।

सुनकोशी गाउँपालिकाको जिरी जाने सडकको उतरतर्फ १ किमिदेखि लप्सेखोलासम्म, पश्चिममा १ किमिदेखि २ किमिसम्म, पूर्वमा उक्त स्थानको लप्सेखोलासम्म र दक्षिणतर्फ पितामे टोलसम्मको चार किमि सिल गरिएको छ । 

सुनकोशी गाउँपालिका ७ जामुनेका स्थानीयको कन्ट्याक्ट ट्रेसिङ गरी आइतवार नै स्वाब संकलन गरिएको छ भने जुगल गाउँपालिका वडा नम्बर ५ का स्थानीयको पनि स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

शिक्षक र प्रहरीले स्थानीय धेरै जनासँग सम्पर्क, भेटघाट गरेको पाइएकाले कन्ट्रायाक ट्रेसिङ गरेर रिपोर्ट नआउन्जेलसम्म आजकै मितिबाट दुवै वडा सिल गरिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्