ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ट्विटरले देखायो टिकटकको अमेरिकी व्यवसाय किन्ने रुची

२०७७ सावन, २५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन २५, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट ट्विटरले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको अमेरिकी व्यवसाय किन्ने रुचि देखाएको छ । यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै रोयटर्सले आइतवार यस्तो समाचार छापेको हो ।

टिकटक किन्ने दौडमा अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्ट पनि छ । ट्विटरले माइक्रोसफ्टलाई उछिनेर ४५ दिनभित्रै सम्झौता पूरा गर्छ कि गर्दैैन भन्ने चाँहि अस्पष्ट छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी व्यवसाय विक्री गर्न टिकटकको मातृ कम्पनी चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सलाई ४५ दिनको समय दिएका थिए । ट्विटर र टिकटक प्रारम्भिक वार्तामा रहेकोले माइक्रोसफ्टले बाजी मार्न सक्ने विश्लेषण गरिएको छ । ट्विटरको बजार पूँजीकरण ३० अर्ब नजिक रहेको छ । 

यो टिकटकले बेच्न लागेको व्यवसायको मूल्यांकन बराबरकै हो । सम्झौता सम्पन्न गर्न टिकटकले अतिरिक्त पूँजी जुटाउनु पर्नेछ । कम्पनीको डेटा संकलन र भण्डारणको विषयमा टिकटक अमेरिकी कानून निर्माताहरुको  निशानामा परेको छ । 

हालै मात्र ट्रम्पले टिकटक, विच्याटलगाय चिनयाँ एपहरुसँग अमेरिकी कारोबारमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । यसले अमेरिका र चीनबीचको विवाद थप बढाएको छ । 

यद्यपि, पछि भने उनले माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यवसाय किन्ने प्रयासलाई टेवा दिने बताएका थिए । मध्य सेप्टेम्बरमा सम्झौता सम्पन्न गर्ने लक्ष्य माइक्रोसफ्टको छ । सो अवधिसम्म सम्झौता भएन भने ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउँनेछन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्