ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैतडीमा गर्भवती महिलासहित ३२१ जनामा कोरोना पुष्टि

२०७७ सावन, २६  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन २६, बैतडी   ।  बैतडीकी एक गर्भवतीमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३२१ जना पुगेको छ । पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतवार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड –१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको साउन २३ गते स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएको उनले बताए । अहिले ती महिलाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पुर्‍याइएको र उनमा कोरोनासमेत पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

कुनै ट्राभल हिस्ट्री नभएकी महिलामा कोरोना पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ । संक्रमित महिलाका श्रीमानसहित उनको परिवारका सदस्यको स्वाब संकलन गरिने स्वास्थ्य शाखा पाटनले जानकारी दिएको छ ।

 ती महिला घरबाट कतै बाहिर गएकी थिइनन् । ती महिलालाई स्ट्रेचरमा बोकेर सडकसम्म पु¥याउने स्थानीय १५ जनालाई पनि अलगै होम क्वारेन्टाइनमा ७ दिन बस्न आग्रह गरिएको छ भने उनीहरुको पनि ७ दिन पछि स्वाब संकलन गरिने भएको छ ।

कोरोना पुष्टि भएका ३२१ जना मध्ये सुर्नया गाउँपालिकाका १२ जना र मेलौलीका एक जना मात्रै आईसोलेशनमा छन् । बाँकी संक्रमण पुष्टि भएका ३०७ जना भने डिस्चार्ज भइसकेका छन् । जिल्लामा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २४, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । 

पछिल्लो समय बैतडीमा भारतबाट आउने सिधै घर गएका कारण  कोरोना संक्रमण फेलने हो कि भन्ने  आशंका स्थनीयले गरेका छन् ।स्वास्थ्य कार्यालयले भने अहिले सम्म समुदायमा कोरोना नफैलिएको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्