ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फीफाको महिला वरियतामा नेपाल ९९ औं स्थानमा        

२०७७ सावन, ३२  
खेल विविध
Image Not Found

साउन ३२, काठमाडौं । विश्व फुटबल महासंघ (फीफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औं स्थानमा यथावत रहेको छ ।

पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तरराष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फीफा वरियतामा पनि परेको हो ।

यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महीनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औं स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।     
     
यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औं, बंगलादेश १३४औं, श्रीलंका १४०औं, माल्दिभ्स १४२औं तथा भुटान १५४औं स्थानमा रहेका छन् । 

विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौं, इङ्ग्ल्याण्ड छैटौं, अष्ट्रेलिया सातौं, ब्राजिल आठौं, क्यानडा नवौं र उत्तर कोरिया १०औं स्थानमा रहेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्