ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अन्धकारबाट उज्ज्वल भविष्यतर्फ उन्मुख विद्युत् प्राधिकरण

२०७७ भदौ, ५  
पाठक विचार
NA

नेपाल विद्युत् प्राधिकरणको अव्यवस्थापनले गर्दा दिनहुँ २० घण्टासम्म लोडशेडिङको मारले नेपाली जनता आक्रान्त थिए । कुलमान घिसिङले म्यानेजिङ डाइरेक्टर पद सम्हालेको केही हप्तादेखि नै लोडशेडिङ केही घटेकाले जनताले राहत महसूस गर्न थालेका थिए । भदौ २०७३ मा म्यानेजिङ डाइरेक्टर पदमा नियुक्ति गर्नुअघि ५–७ वर्षदेखि विद्युत् आपूर्ति नियमित नहुने समस्याले विकराल रूप लिएको थियो ।

एकाएक नयाँ नेतृत्वले व्यवस्थापन सम्हाल्नेबित्तिकै विद्युत् उत्पादन बढेको पक्कै होइन तर आपूर्तिमा सुधार हुन थाल्यो । यो महŒवपूर्ण उपलब्धि हो । उत्पादन नबढीकन विद्युत् आपूर्ति कसरी सहज बन्यो, यो धेरैका लागि अचम्मको विषय बन्यो । तर, घिसिङ आगमनपूर्वको व्यवस्थापनको जिम्मेवारी लिने पदाधिकारीको गैरजिम्मेवार क्रियाकलाप, अव्यवस्थाका साथै उनीहरूको भ्रष्टाचारी गतिविधिका कारण विद्युत् आपूर्तिमा समस्या बढेको थियो भनेर सहजै अनुमान गर्न सकिन्छ । यसबारे उपयुक्त छानविन गरी दोषीलाई कानूनको दायरामा ल्याउनुपर्नेमा सो नहुनुले अहिले पनि जलमाफिया र बिचौलियाहरू प्राधिकरणमा भएको सुधार र विकास प्रक्रियामा भाँजो हाल्न तल्लीन देखिन्छन् ।

घिसिङको चारवर्षे कार्यकाल यही २०७७ साल भदौमा सकिएपछि जलमाफिया र बिचौलियाहरू फेरि सलबलाउन थालेका छन् । विद्युत् प्राधिकरणको प्रमुख हुन शक्तिकेन्द्रमा दौडधुप चलेको छ । पैसाको लेनदेनबाट प्रमुख नियुक्त भएमा प्राधिकरण फेरि विगतकै चक्रमा फस्ने देखिन्छ । जनतालाई दिनहुँ २० घण्टासम्म अन्धकारमा पारेर इन्भर्टर, ब्याट्री व्यापारीलगायत अन्य माफिया तŒवसँग साँठगाँठ गरी आप्mनो स्वार्थसिद्धि पूरा गर्न न्वारानको बल प्रयोग गर्ने सम्भावना छ । बिचौलिया तŒवले देशको व्यापार, उद्योग, कृषिलगायत सम्पूर्ण व्यवसायलाई धराशयी पारेका छन् । कुलमानको बहिर्गमनपछि त्यस ठाउँमा फेरि पुरानै तरीकाले लोडशेडिङ गर्न अब कठिन देखिन्छ किनकि विगतमा जनतालाई विद्युत् नै छैन भनेर अन्धकारमा राखिएको थियो । कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको व्यवस्थापनले आप्mनो कार्यकालको करीब डेढ वर्षमै, नेपाललाई लोडशेडिङमुक्त घोषणा गर्ने ऐतिहासिक कार्य ग¥यो । यसको जस लिन राजनीतिक नेतृत्वहरूले होडबाजी गरे पनि ती राजनीतिक नेतृत्वकै कारण हिजोका दिनमा लोडशेडिङको मार खप्नुपरेको तथ्य हामी जनताले बिर्सिएका छैनौं ।

प्राधिकरणले वितरणमा मात्र नभई प्रसारण र उत्पादनमा समेत धेरै नयाँ योजना शुरू गरी निर्माण तीव्र गतिमा अघि बढाएको छ । विद्युत् चुहावट क्रोनिक समस्याका रूपमा विद्यमान भएकोमा चुहावट नियन्त्रणमा ठोस उपलब्धि प्राप्त गरेको छ । प्रसारण लाइनको विस्तार र व्यवस्थापनमा पनि अहम् उपलब्धि प्राप्त गरेको छ । विद्युत् लाइनलाई भूमिगत गर्ने चुनौतीपूर्ण कार्यक्रम पनि यसै व्यवस्थापनले शुरू गरेको छ । स्मार्ट मीटर जडान गर्ने कार्यक्रम पनि यसै फेरोमा शुरू भएको छ । यसले चुहावटमा नियन्त्रण ल्याउन मद्दत पुग्ने त छँदै छ, प्रशासनिक खर्चमा ≈वात्तै कमी आई प्रकारान्तमा विद्युत् महसुल घट्न गई आम उपभोक्तालाई फाइदा पुग्न जाने देखिन्छ । तर, स्मार्ट मीटर जडानबाट उपभोक्तामाथि थप व्ययभार पर्ने हुन्छ । प्राधिकरणको नेतृत्वमा कमिशनप्रिय व्यक्ति पुगे भने यस्तो मीटर महँगोमा भित्रिनेछ र त्यसले मूल्य उपभोक्ताले चुक्ता गर्नुपर्ने हुन्छ । त्यसैले सरकारले नयाँ नेतृत्व कस्तो ल्याउँछ । यसमा विद्युत् प्राधिकरणको भावी दिशा तय हुनेछ ।

अहिलेको व्यवस्थापनले दात्तृसंस्थाहरूसँग राम्रो सम्बन्ध विकसित गरेको छ । फलस्वरूप सहयोग र नरम ऋण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ । यसले गर्दा सुधार र विकासका गतिविधिहरू स्वचालित ढंगले अघि बढ्न थालेका छन् । दशकौंदेखि घाटामा चलेको प्राधिकरणले अहिले आएर नाफा कमाउन थालेको छ । सरकारी सार्वजनिक संस्थानहरूमा सर्वाधिक आय गर्ने संस्था बनेको छ । यो आपैmमा ठूलो उपलब्धि हो । अहिलेको सुधारको गतिमा कुनै भाँजो नहाल्ने हो भने प्राधिकरणले आगामी वर्षहरूमा अभैm उल्लेखनीय प्रगति गर्न सक्ने कुरामा दुईमत छैन । निश्चित रूपमा व्यवस्थापनले चालेका सुधारका कार्यमा सरकार र सरकारी निकायको सकारात्मक भूमिकाले सहयोग पु¥याएको छ । जनस्तरमा पनि प्राधिकरणको कामको प्रशंसामात्र होइन, सहयोग र सहकार्यको भूमिका रहनु महत्त्वपूर्ण पक्ष रहेको छ ।

सुधार र विकासले गति लिएको वर्तमान व्यवस्थापनप्रति आशा र भरोसाको स्तर झनै बढ्दै गएको छ । सुधार, विकास र निर्माणको लामो यात्रामा ४ वर्षको अवधि निकै कम हो । अहिलेको व्यवस्थापनले शुरू गरेका र योजनामा राखेका कार्यक्रमहरू पूूरा गर्न अरू केही वर्ष लाग्ने हुन्छ । सरकारका कार्यहरूलाई लिएर विभिन्न कोणबाट आलोचना गर्नेहरूले पनि विद्युत् प्राधिकरणको खुला दिलले प्रशंसा गरिराखेका छन् । यो प्रगति सरकारका लागि पनि ठोस उपलब्धिको विषय बन्न पुगेको छ । यसरी हेर्दा घिसिङको चारवर्षे कार्यकाल थपिने कुरामा शंका गर्ने ठाउँ देखिँदैन । यद्यपि नयाँ नियुक्तिका लागि थुप्रै मानिस दौडधुपमा लागेका छन् र प्राधिकरणको यो प्रगतिमा सबैको भूमिका रहेको बताउने
गरेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्री केपी ओलीको निर्देशन र सहयोग पाएर सफलतातर्पm अघि बढेको प्राधिकरणको अहिलेको व्यवस्थापनमा कुलमान घिसिङको कार्यकाल थपिँदैन भन्ने हल्ला चलको छ । तर, विकास, निर्माण र सुधारको गतिलाई निरन्तरता दिन म्यानेजिङ डाइरेक्टर घिसिङको पदावधि थपिनुपर्छ भन्ने धेरै नेपालीको चाहना देखिन्छ ।
जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएको हाम्रो देशको विकाश पथमा विद्युत् उत्पादन गरेर खाना पकाउने ग्यास प्रतिस्थापन गर्ने, पेट्रोल, डिजल मट्टीतेलको प्रयोग न्यूनीकरण गर्दै ऊर्जा उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्रको लक्ष्य पूरा गर्नुपर्ने छ । १५औं योजनाले राखेको ५ हजार मेगावाटको लक्ष्य पूरा गर्न प्राधिकरणको व्यवस्थापन अभैm चुस्तदुरुस्त र परिणाममुखी हुनुपर्ने देखिन्छ । यस्तो महŒवपूर्ण राष्ट्रिय लक्ष्य पूरा गर्न सक्ने प्राधिकरणको व्यवस्थापनका लागि कुलमान घिसिङ उपयुक्त देखिन्छन् ।

वास्तवमा कुनै पनि संस्था एउटा व्यक्तिमा भर पर्ने हुनु हुँदैन । संस्थागत संरचना बलियो बनाएर यसको कार्यशैलीमा सुधार ल्याउनु उपयुक्त हुन्छ । घिसिङ हटे पनि रहे पनि त्यो संरचनाले काम गर्न सक्नुपर्छ । तैपनि कुलमानको पुनरावृत्तिबाट प्राधिकरणले प्रगति गर्ने अपेक्षा गर्न सकिन्छ ।

कैलाश कार्की
मण्डिखाटार, काठमाडौं

प्रतिक्रिया [1]
User Image

Ramram

[Aug 21, 2020 02:35am]

Kulman ko bikalpa xaina.uni pad ma narahe pani desh ra janataka lagi ek matra sakxam karyakari hun.yo desh ko rajnitile desh ra janata parti gareko aparadh ko prayaschit kulman sir lai yo desh ko karyakari sumpanu ho.


प्रतिक्रिया दिनुहोस्