ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शाश्वत रानाले चुमे वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि

२०७७ भदौ, ८  
खेल विविध
Image Not Found

भदौ ८, काठमाडौं । नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेका छन् । डेनमार्कको कोपनहेगनमा शनिवार आयोजित वल्र्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय उनले नेपालको प्रतिनिधित्व गर्दै सो उपाधि चुमेका हुन् । 

उक्त प्रतियोगितामा उनले सात ओटा खेल खेलेका थिए ।  तीन ओटा खेलमा उनले  तीन पाना (नकआउट) गराएका थिए भने बाँकी चार ओटा खेल गोल अन्तरले आफ्नो पक्षमा पारेका थिए । एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल यूरोप तथा अमेरिकामा स्ट्रिट गेमको रुपमा अत्यन्तै चर्चित छ । 

उक्त खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो भएको छ । प्रतियोगितामा विभिन्न देशका खेलाडी सहभागी थिए । यसअघि पनि वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा उनी तेस्रो भएका थिए ।उक्त प्रतियोगितामा आयोजक पाना हाउसले निमन्त्रणा गरेको खण्डमा मात्र खेलाडी सहभागी बन्न पाउँछन् । 

उपाधि जितेपछि उनको परिवार मात्र नभइ डेनमार्कको नेपाली समुदाय पनि खुसी भएका छन् । हाल डेनमार्कमा वस्दै आएका उनी डेनमार्कको सामाजिक व्यक्तित्व बिवेक राना र सुशीला हमालका जेठा छोरा हुन् । उपाधि जितेपछि  विवेक रानाले छोराको मेहनत र परिश्रमको फल प्राप्त गरेको बताए ।
 

उनी डेनिस सुपरलिगा क्लब लिङ्बी ब्लोड क्लबका फुटबल खेलाडीसमेत हुन् । उनी युथ क्लबको ब्यवसायिक खेलाडी पनि हुन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्