ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनो नियन्त्रणमा समन्वय अभाव

२०७७ भदौ, १२  
पाठक विचार
NA

चारमहीने बन्दाबन्दीपछि लगाइएको निषेधाज्ञा पनि सरकारले त्यसै खेर फाल्ने भएको छ । निषेधाज्ञाको समयमा टेस्टिङ, ट्रेसिङ, आइसोलेशन र क्वारेन्टाइन निर्माण गर्न सराकार असफल भइसकेको छ । कोरोना नियन्त्रणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर टेस्टिङ र ट्रेसिङ र आइसोलेशन बढाउनुपर्ने भए पनि समन्वय नै भएको छैन ।

क्वारेन्टाइन दिन निजी संस्था तयार भएन । टोलमा विरोध हुन्छ भनेर बहाना बनाइयो । अस्पतालको आइसोलेशनमा पहिले लक्षण नभएका संक्रमित पनि रहेकाले व्यवस्थापनमा ढिलाइ भएको छ । कोरोना नियन्त्रणका लागि सरकारी निकायबीच नै समन्वय छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय नहुँदा कोरोना नियन्त्रण र रोकथाममा समस्या भएको देखिन्छ ।

सरकारी निकाय संवेदनशील नहुँदा अहिलेको स्थिति आएको हो । सीएमसी, स्वास्थ्य मन्त्रालय र विभागबीच समन्वय छैन । मन्त्रालय निर्णय गर्छ । विभाग काम नपाएर बसेको देखिन्छ । तीन तहका सरकारबीच पनि समन्वय छैन । अनि कसरी कोरोना नियन्त्रण हुन्छ ?

असीम न्यौपाने
बालाजु हाइट, बालाजु, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्