ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेताबाट विकासभन्दा विकासका कुरै बढी

२०७७ भदौ, १२  
पाठक विचार
NA

अमेरिका, भारत, ब्राजिल, मेक्सिको, रसियालगायत थुपै्र देशमा कोरोना महामारीले असर पारिरहेको छ । १ अर्ब ३८ करोड २० लाख जनसंख्या रहेको भारतमा दैनिक ७० हजारको हाराहारीमा संक्रमित देखिनु र झन्डै १ हजारको हाराहारीमा मानिसको मृत्यु हुनुले भारतका छिमेकी राष्ट्रहरू नेपाल, बंगलादेश, पाकिस्तान, भुटानका जनतालाई आतंकित बनाएको छ । बाक्लो जनघनत्व भएको भारतमा मात्र ३ करोड मानिसमा कोरोना जाँच गर्दा नै ३१ लाख संक्रमित देखिए । भारतबाट कति कोरोना संक्रमित नेपाल भित्रिए सरकारसँग यसको डाटा छैन । त्यसैले आगामी दिनमा नेपाललाई कोरोनाले कसरी गाँज्ने हो यसै भन्न सकिँदैन ।

अमेरिका, इटली, बेलायत, स्पेनलगायत देशमा कोरोनाले महाआतंक मच्चाइरहेका बेलामा मन्त्रीहरूले नै नेपाललाई यो रोगले नछुने, नेपाल कोरोनामुक्त, नेपाल ग्रीन जोनमा भनेर आत्मरतिमा बसे । झन्डै ४ महीनाको बन्दाबन्दीको अवधिमा सांसद अपहरण, सरकार ढाल्ने र बचाउने, औषधि खरीदमा अनियमितताजस्ता काण्डमा सरकार रमाइ रह्यो । जनतालाई ४ महीनासम्म घरमै नजरबन्द गरेर कारोनाको रोकथाममा रू. १० अर्ब खर्च भयो । तर, त्यो खर्च केमा भयो थाहा छैन । किनकि भ्यालिन्टलेटर किनिएको छैन, आइसोलेशन वार्डहरू थपिएका छैनन् । ४ महीना बन्दाबन्दी लगाइए पनि यस अवधिमा कोरोनाविरुद्ध केही पनि तयारी गरिएको देखिएन । कोरोनाले हाल नेपालमा १९० जनाले ज्यान गुमाइसकेका छन् ५÷६ महीनाको अविधिमा सरकारले जनताको पक्षमा केही गरेको देखिएन । बरु कोरोना संक्रमितहरूले दुव्र्यवहार भोग्नुपरेको छ । कोरोना लागेकाहरूलाई सामाजिक बहिष्कार, अछुतको व्यवहार गर्ने, हतोत्साही गर्ने, जस्ता कार्य हुँदा त्यस्तामाथि कुनै कारबाही भएको छैन । रोग हो, जसलाई पनि लाग्न सक्छ । रोग लाग्नेबित्तिकै मर्ने होइन नि । रोग लागेको मानिसलाई केही हुँदैन भनेर उच्च मनोबल राख्न हौसला दिने हो कि छिःछिः र दुर्दुर गर्ने हो ? अमेरिकामा दैनिक ६० हजार संक्रमित हुन्छन् तैपनि श्रीमतीको रिपोर्ट श्रीमान्ले र श्रीमान्को रिपोर्ट श्रीमतीलाई भनिँदैन । खै कसैलाई छिःछिः र दुर्दुर गरिएको पाइँदैन । नेपालमा त परिवारका सदस्यलाई भन्दा पहिला कोरोनाको रिपोर्ट छिमेकीलाई पुग्छ । मानाैं, ती छिमेकी अर्कै धर्तीबाट आएका हुन् उनीहरू अजम्बरी हुन् । हुँदाहुँदा अब त डाक्टर र नर्सहरूलाई पनि टोल निषेध गर्न थाले । त्यस्ता अजम्बरी डरपोकहरू अस्पताल नभएका, भीडभाड नभएको दुर्गम भेगमा गएर बसे भैगो’नि, अरूलाई सामाजिक बहिष्कार गर्नुभन्दा ।

नेपाल पर्यटन वर्ष २०२० को नारा दिएर अर्बौं खर्च गरिसकेको सरकारले २० लाख पर्यटक ल्याउने कुरै भएन । विदेशमा काम गरेर पठाएको रकमले सरकारको वैदेशिक मुद्रा सन्तुलनमा आएको हो । तर, विवशताले रोजगारीका निम्ति बाहिरिएका नेपालीलाई सरकारले वास्ता गरेन । रोजगारी गुमाएर नेपाल फर्कन लागेका र बिचल्लीमा परेका नेपालीको उद्धारका नाममा सरकारले उनीहरूलाई ठगेको छ । निययमित उडानबाट सस्तो हवाई भाडा तिरेर नेपाल आउन सक्थे तर नियमित उडान बन्द गरी चार्टर उडानबाट चौबर महँगोमा आउन उनीहरू बाध्य छन् । त्यस्तै दैनिक ४ देखि ९ हजार खर्च गरेर क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । उनीहरूको रकमबाट अर्बौं रुपैयाँको कोष बनेको छ । तर, त्यसबाट उनीहरूलाई आपत् परेका बेला १ रुपैयाँ पनि खर्च गरिएको छैन । यो उनीहरूमाथि अन्याय हो । पछिल्लो समय चौतर्फी विरोध भएपछि कोरोना नलागेको पुष्टि भएमा त्यो खर्च गर्नु नपर्ने भनेर सच्च्याउने प्रयास गरिँदै छ । तर, त्यत्रो हवाई जहाजमा कसैलाई पछि कोरोना लागेको पुष्टि भएमा के गर्ने सरकार मौन छ । यो ५ महीनामा सरकारले के उपलब्धि गर्‍यो ?

जसरी सुनिश्चित भविष्यका लागि शहर पस्न बाध्य भएकाहरूलाई आप्mनै जन्मगाउँ प्यारो लाग्छ । नलाग्दो हो त देश भूकम्पबाट ध्वस्त हुँदा विदेशिएकाहरूले नै आप्mनो गाँस काटेर देशलाई सहयोग गरे । भारतले नाकाबन्दी गरेका बेलामा विदेशिएकाहरूले नै ‘गो ब्याक इन्डिया’ भनेर अन्तरराष्ट्रियकरण गरे, जसका कारण इन्डिया पछि हटेको जगजाहेर छ । त्यसबेला नेपालमा बसेर नेपालको नागरिकता बोक्नेहरूले के गरे त दाउरामा भात पकाएर खानेबाहेक ?

देशको राजनीतिक दुर्गन्ध र बच्चाको डाइपर बेलैमा बदल्नु जान्नुपर्छ । यदि बच्चाको डाइपर बेलैमा बदल्न जानिएन भने बच्चा दुर्गन्धित हुन्छ, उसलाई घाउ खटिराले धेरै दुःख दिन्छ । हो, त्यस्तै गरी देशको राजनीतिक दुर्गन्धलाई पनि बच्चाको डाइपर जस्तै बेलैमा बदल्न जान्नुपर्छ । यदि बेलैमा बदल्न जानिएन भने टोल, समाज, गाउँ, क्षेत्र हुँदै सिंगो राष्ट्र नै दुर्गन्धित हुनेछ । त्यसैले देशबाट सर्वप्रथम दुर्गन्धित राजनीतिलाई सुधार गरौं । त्यसपछि आधा समस्या आफै समाधान हुन्छ । कोरोना पीडितलाई छिःछिः र दुर्दुर त्यही राजनीतिक दुर्गन्धको उदाहरण हो । देश हाँक्नेमा नै नैतिकता नभएपछि जनतालाई कसले नैतिकता सिकाउने ?

अनिलभक्त खरेल
भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्