ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उप्रेतीलाई हरिहरदेव पन्त पुरस्कार

२०७७ भदौ, १६  
विविध
NA

काठमाडौं (अस) । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापित उक्त पुरस्कार स्वर्गीय डा. पन्तको पाँचौं वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते प्रदान गरिने छ । विगत एक दशकदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएकी उप्रेती हाल रातोपाटी डटकममा कार्यरत छिन् । जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका  प्रथम प्रवद्र्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । पुरस्कारको राशी रू. ५० हजार छ । रहेको छ । फाउन्डेसनले प्रत्येक वर्ष १ जना उत्कृष्ट अर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार गोकर्ण अवस्थी र विष्णु बेल्वासेले पाएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्