ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निषेधाज्ञाको मारमा जनता

२०७७ भदौ, १९  
पाठक विचार
NA

जनता दोहोरो त्रासमा छन् : एकातिर कोरोनाको त्रास छ अर्कोतिर निषेधाज्ञाका कारण आम्दानीको बाटो सुकेको छ । सरकारी कर्मचारीबाहेक सबै वर्गलाई बन्दाबन्दी र निषेधाज्ञाले छोएको छ । कतिपयले रोजगारी गुमाएका छन्, कतिपयले ६ महीनादेखि तलब पाएका छैनन् । केहीले आधा र केहीले चौथाइ तलब पाएका छन् । विगतमा बचत गरेको पैसाबाट जसातसो बन्दाबन्दीको अवधि कटाए पनि अहिलेको निषेधाज्ञा भने धान्न नसकिने भइसकेको छ । त्यसैले काठमाडौंमा धेरै शटर खाली देखिएका छन्, धेरैका घरमा कोठा खाली छ भन्ने सूचना टाँसिएको देखिन्छ । निजी विद्यालयमा पढ्ने विद्यार्थीहरू सरकारी विद्यालयतिर जान थालेका छन् । यो भनेको मन्दीको अवस्था हो । तर, सरकारलाई भने यस्तो विषम अवस्थामा पनि आफ्नै सत्ता, आफन्तको नियुक्ति आदि मात्रै प्रिय देखिन्छ ।

रमेश महर्जन
नयाँबजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्