ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थमन्त्री र शेयरबजार

२०७७ भदौ, १९  
पाठक विचार
NA

अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीबाट हट्ने हल्ला चलेसँगै शेयरबजारमा रौनक आएको छ । अर्थमन्त्री हट्ने र नयाँ अर्थमन्त्री आउने कुराले शेयरबजारमा असर पर्नु स्वाभाविक हो । सरकार परिवर्तनले पनि बजारमा असर पर्छ । तर, अहिलेका अर्थमन्त्रीलाई शेयरबजारले मन पराएको देखिँदैन । उनले पदबहाली गरेसँगै शेयरबजार ओरालो लाग्न थाल्यो । उनका भनाइले शेयरबजारलाई अस्थिर बनाएको थियो । यद्यपि उनका भनाइ अर्थशास्त्र र शेयरबजारको सिद्धान्तका विपरीत भने थिएनन् ।

शेयरबजार मन्त्रीका कारण सुस्त हुनुभन्दा पनि लगानीकर्ताको मनोबल नै गिरेर बजार तल झरेको थियो । महँगो ब्याजदर, तरलताको समस्या आदिका कारण शेयरबजार सुस्त थियो । तर, अहिले ब्याजदर निकै घटेको छ । लगानी गर्ने ठाउँ कतै पनि छैन । शेयरमा प्रविधिगत सुधार पनि निकै भएको छ । त्यसैको परिणति शेयरबजारमा सुधार देखिएको हो । तर, अर्थमन्त्रीकै कारण पनि केही लगानीकर्ता आशावादी भएर लगानी बढाएका छन् । त्यसैले अर्थमन्त्री र शेयरबजारको सम्बन्ध नै छैन भन्न त सकिँदैन ।

हरि कार्की
मण्डिखाटार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्