ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने तयारी    

२०७७ भदौ, २०  
खेल विविध
Image Not Found

भदौ २०, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको शनिवार बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो ।     
     
बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो ।

केही दिन अघि कोरोनाबाट संक्रमित भएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभको समेत कामना गरिएको कमिटीले बताएको छ । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्