ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जेठसम्म २७ जना नयाँ सेयर दलाल

२०७७ भदौ, २३  
१० वर्ष अघि
NA

नेपाल स्टक एक्सचेन्जले आउँदो जेठसम्ममा २७ जना दलाल थप्ने भएको छ । अर्थ मन्त्रालयले यसै साताभित्र एक्सचेन्जमा दलाल थप्नका लागि प्रक्रिया अगाडि बढाउन दिने भएको छ । ‘अर्थ मन्त्रालयबाट निर्देशन आएको करिब ५० दिनभित्रमा दलाल थप्छौं,’ एक्सचेन्जका अध्यक्ष टंक पनेरूले भने । नेपाल स्टक एक्सचेन्जले एक महिनाअगाडि दिएका निवेदनलाई अर्थ मन्त्रालयले बेवास्ता गर्दा नयाँ सेयर दलाल थप्ने प्रक्रिया अहिले अलपत्र छ ।

मन्त्रालयकै आन्तरिक कार्य विभागले दलाल थप्ने प्रक्रिया तुरुन्त सुरु गर्न स्टक एक्सचेन्जलाई निर्देशन दिनुपर्ने सुझाव मन्त्रालयकै प्रशासन महाशाखालाई दिएको छ । तर, कानुन विभागले समयमै राय नदिँदा सो निर्देशन दिन ढिलाइ भएको जानकारी अर्थ मन्त्रालयका अधिकारीले दिएका छन् । नेपाल स्टक एक्सचेन्जले एक महिना अगाडि आन्दोलित लगानीकर्ताहरूसँग गरेका सम्झौताको एउटा बुँदामा एक साताभित्र दलाल थप्ने प्रक्रिया सुरु गर्ने उल्लेख छ । तर अर्थ मन्त्रालयको ढिलासुस्तीका कारण एक्सचेन्जले हालसम्म पनि दलाल थप्ने प्रक्रिया सुरु गर्न सकेको छैन ।

वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्