ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विवादास्पद काकडभिट्टा—इनरुवा रेलमार्गको टेण्डर स्थगित

२०७७ भदौ, २३  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । विवादास्पद पूर्व—पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको १०६ किलोमिटर लामो काकडभिट्टा—इनरुवा खण्डको टेण्डर स्थगित भएको छ ।

रेल विभागले मंगलवार सूचना जारी गर्दै गत असार १४ र १७ गते निकालिएको टेण्डर स्थगित गरेको हो । उक्त खण्डमा रू.२८ अर्बका ५४ ओटा प्याकेजमा ठेक्का लगाउने गरी निकालिएको टेण्डरको चर्को आलोचना हुँदै आएपछि विभागले टेण्डर स्थगित गरेको हो ।

सिमित निर्माण व्यवसायीहरुलाई ठेक्का उपलब्ध गराउने गरी सेटिङ भएको र आयोजनाको ठेक्का लगाउनु पूर्व जग्गा अधिग्रहण, साइट क्लियर जस्ता काम सम्पन्न नगरी टेण्डर आह्वान गरिएको भन्दै पूर्वाधार विद्हरुले यो टेण्डर स्थगित गर्न सुझाव दिएका थिए ।  साउन  १६ गते टेण्डर खुला गरिने भनिए पनि विभागले निर्माण व्यवसायीहरुकै आग्रहमा टेण्डरको म्याद पुनः १ हप्ता थप गरेको थियो ।

उक्त खण्डको टेण्डर सीमित निर्माण व्यवसायीहरूलाई मात्रै दिन लागिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । सार्वजनिक खरीद कार्यालय (पीपीएमओ)को प्रणाली डाउनलोड हुन नसकेपछि टेण्डर मूल्यांकको काम झण्डै एक महीना रोकिएको थियो ।

उक्त प्रणाली सोमवारमात्रै डाउनलोड हुन शुरु गरेसँगै मूल्यांकनको काम अघि बढाउने तयारी गरेको विभागले मंगलवार सूचना जारी गर्दै टेण्डर स्थगन गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्