ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई महीना नबित्दै भत्कियो सडकको ढलान

२०७७ भदौ, २३  
प्रदेश ०१
Image Not Found
author avatar दिवस रिजाल

खोटाङ । दिक्तेल अस्पतालचोक–मात्तिम–टेम्मा सडकमा गरिएको ढलान दुई महीना नबित्दै भत्किएको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण ढलान सम्पन्न भएको २ महीना नबित्दै भत्किएको हो । पूर्वाधार विकास कार्यालय उदयपुरको रू. ४४ लाख ६ हजार ३६८ लागतमा ढलान सम्पन्न गर्नेगरी अर्थ विल्डर्स कन्ट्रक्सन प्रालिले ढलानको जिम्मा लिएको थियो ।

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आवतजावत गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि प्रयोग गरिने उक्त सडक ढलान सम्पन्न भएको २ महीना नपुग्दै भत्किएको हो । ढलान गरिएको सडकमा ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेका कारण ढलान भत्किएको भए पनि ठेकेदार कम्पनीले भने अनेक बहाना बनाएर बच्न खोजेको स्थानीय बासिन्दाको आरोप छ ।

ठाउँठाउँमा भत्किएको सडकमा नगरपालिकाको रकमबाट मर्मत गर्ने काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बताएको छ । सडक ढलान भत्किएको ठाँउमा ठेकेदार कम्पनीले चाँडै मर्मत नगरे नगरपालिकाले जुनसुकै अवस्थामा एक्सन लिन सक्ने बताएको छ ।

यस्तै, ठेकेदार कम्पनीका प्रोप्राइटर शशी राईले पनि उप्किएको ढलान मर्मत गर्ने बताएका छन् । सडक ढलान सकिए लगत्तै मालवाहक गाडी गुडाउनाले बाटो भत्किन थालेको निर्माण कम्पनीले दाबी गरेको छ ।

 

प्रतिक्रिया [1]
User Image

Keshab acharya

[Sep 9, 2020 09:23am]

Good work bro!!keep updating more.....


प्रतिक्रिया दिनुहोस्