ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल–भारत उद्योग वाणिज्य संघको वेबिनार कार्यक्रम सम्पन्न

दुईपक्षीय व्यापार, पारवहन, भन्सार लगायत विषयमा छलफल

२०७७ भदौ, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले पूर्वनिर्धारित वेबिनार कार्यक्रम सम्पन्न गरेको छ ।

संघले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत तय भएका विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यक्रम तथा नेपाल र भारत बीच व्यापार, वाणिज्य, पारवहन, भंसार, वैदेशिक लगानी र यस अन्तर्गत विभिन्न समस्या, नेपाल–भारत वाणिज्य, पारवहन, रेल सेवा सम्झौतामा गरिनुपर्ने परिवर्तन, दुई देशबीच पर्यटन प्रवर्द्धन लगायत विषयमा सोमवार भिडियो कन्फ्रेन्स आयोजना गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष सृजना राणाले संघको उद्देश्य, संरचना, विगतका गतिविधि र नेपाल–भारत व्यापारिक सम्वन्धका विविध पक्षका साथै नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका सम्बधमा भएका प्रयास तथा कार्यहरूको बारेमा विशेष प्रस्तुतीकरण राखेको थिइन् ।

साथै सन २०१५ मा नयाँदिल्लीमा सम्पन्न भएको नेपाल–भारत पर्यटन प्रवर्द्धन संयुक्त कार्यदलको बैठक तथा सन २०१८ मा नेपालमा सम्पन्न सोही कार्यदलको बैठकका निर्णयहरू, ती निर्णय कार्यान्वयन सम्वन्धमा भइरहेका प्रक्रियागत ढिलाइ र समस्यालाई जति सक्दो चाँडो समाधानका उपायहरूका लागि सरकारी निकायहरू तथा निजी क्षेत्रका पर्यटनसँग सम्वन्धित सरोकारवालासँग भइरहेका संवादबारे जानकारी गराइन् ।

कार्यक्रममा संघका महासचिव तथा वाणिज्य तथा पारवहन समितिका सयाेंजक आरवि रौनियारले दुई देशबीच विद्यमान २ दशकभन्दा बढी समयदेखि लगभग स्थिर रहेको व्यापार, वाणिज्य, पारवहन, रेल सेवा सम्झौता, ती सम्झौताहरूको उपादेयता लगायतका विषयमा प्रकाश पारेका थिए ।

परिवहनको सम्वन्धमा हल्दिया, कालुघाट, साहिवगञ्ज र वाराणसीलाई दुई देशीय व्यापारका लागि तथा तेश्रो मुलुकका सामानका लागि कालुघाट र साहिवगञ्ज टर्मिनललाई उपयोग गरिनु पर्ने, नेपालमा दर्ता रहेको र भाडाका जहाजहरूलाई जलपरिवहनका लागि अनुमति दिइनु पर्ने, नेपाली सिपिङ लाइनहरूले भारतीय जलमार्ग हुंदै वंगालदेशसम्म सञ्चालन गरिनु उपयुक्त हुने राय पनि उनले दिए । 

कार्यक्रममा संघका उपाध्यक्ष तथा भारतीय उद्योग फोरम समितिका संयोजक सैवाल घोषले सन १९९० को दशकमा उत्साहजनक रुपमा नेपालमा भारतीय लगानी आएको तर त्यस पछिका बर्षहरूमा केही सुस्ताए पनि हालसम्म नेपालमा भित्रिएका वैदेशिक लगानीमध्ये भारतवाट ४० प्रतिशतको हाराहारीमा वैदेशिक लगानी रहेको बताए ।

संघका उपाध्यक्ष तथा कार्यक्रम, जनसम्पर्क तथा प्रचार समितिका संयोजक सुनिल केसीले संघले आगामी दिनहरूमा संघका तर्फवाट बार्षिक कार्यक्रम अन्तरगत मार्च र अप्रिलमा गर्ने गरी तयारी भएका ४ ओटा कार्यक्रमहरू अन्तिम समयमा कोरोना महामारीको लकडाउनले गर्दा स्थगित गर्नु पर्ने अवस्था आएको बताए ।

प्रस्तावित नेपाल–भारत पार्टनरशीप समिट, नेपाली वस्तुहरूको भारतमा प्रदर्शनी तथा भारतीय वस्तुको नेपालमा प्रदर्शनी, नेपाल र भारतको कलकत्ता तथा बिशाखापत्तनम्मा आलोपालो गरी बार्षिक रुपमा सम्पन्न गर्ने गरी नेपाल–भारत व्यापार, पारवहन तथा लजिस्टिक फोरमको सम्मेलन लगायतका कार्यक्रमहरू पनि सोही कारण अगाडी बढ्न नसकिरहेको बारे पनि जानकारी गराए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्