ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

९ ओटा समूहको परिसूचक नकारात्मक हुँदा ७.८४ अंकले ओरालो लाग्यो नेप्से (१२ बजेको अपडेट) 

२०७७ भदौ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । मंगलवार ९ ओटा समूहको परिसूचक नकारात्मक हुँदा नेप्से परिसूचक ७ दशमलव ८४ अंकले घटेको छ । व्यापार, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी ९ ओटा समूहको परिसूचक घटेको छ । 

१ हजार ४९१ दशमलव ३३ विन्दुबाट शुरु भएको बजार कारोबार शुरु भएदेखि नै ओरालो लागेको छ । यस अवधिमा नेप्से शून्य दशमलव ५३ प्रतिशत घटेर १ हजार ४७९ दशमलव ९७ विन्दुमा पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १६० ओटा कम्पनीको ४ हजार ८०८ पटकको कारोबारमा ७ लाख १७ हजार ५११ कित्ता शेयरको रू. ३२ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८७० मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नागरिक लगानी कोष रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३ हजार ३२० मा रू. ३ करोड १५ लाख बराबरको  शेयर खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ७ दशमलव ४७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, शेयरमूल्य सबैभन्दा बढी घट्ने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ८६ प्रतिशत घटेर प्रतिकित्ता रू. ३९३ मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्