ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का    

२०७७ भदौ, २३  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ  २३, सोल । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ ।     
     
सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् ।

यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो । दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो ।     
     
यो प्रतिस्पर्धामा चीनको हुवावईलाई पनि सहभागी हुन दिइएको थिएन । सन् २०१२ देखि नै हुवावेईलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन । अमेरिकी कङ्ग्रेसले हुवावेईका प्रविधि खरीद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ ।     
     
पछिल्लो समय ट्रम्प प्रशासनले यूरोपेली मुलुकहरुलाई पनि हुवावेईका प्रविधि खरीद नगर्न दबाब दिइरहेको छ । गत फेब्रुअरीमा अमेरिकी महान्यायाधीवक्ता विलियम बारले यूरोपेली कम्पनीहरु नोकिया र एरिक्सनमाथि हुवावेईका प्रविधिमाथि पुनर्विचार गर्न चेतावनी दिएका थिए ।
     
विश्व बजारमा अहिले उच्च गतिको फाइब–जी नेटवर्क निर्माणमा हुवावेई मुख्य प्रतिस्पर्धी भए पनि अमेरिकी नीतिहरुका कारण हुवावेईमाथि संकट देखिएको छ । रासस/ एपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्