ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सहारा विकास बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन 

२०७७ भदौ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । गत साउन ३० गतेदेखि लिलामी प्रकृयाबाट विक्री खुला भएको सहारा विकास बैंकको शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार)अन्तिम दिन रहेको छ । 

बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।

यसअघि आवेदन पेश गर्न भदौ ८ गतेसम्मको अवधि तोकिएकोमा १५ दिन अविधि थप गरी भदौ २३ गतेसम्मको अवधि कायम गरिएको होे । यो शेयर खरीदका लागि साविकका संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकको भनाइ छ । 

यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सोभन्दा बढी मूल्य अंकित गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटलले पूरा गर्ने भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्