ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१४८२.४२ विन्दुमा नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट) 

२०७७ भदौ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ५ दशमलव ३८ अंकले घटेर १ हजार ४८२ दशमलव ४२ विन्दुमा पुगेको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजार कारोबारको दोस्रो घण्टामा शून्य दशमलव ३६ प्रतिशत घटेको छ ।

दोस्रो घण्टाको अवधिमा १८१ ओटा कम्पनीको ९ हजार ९५७ पटकको कारोबारमा १६ लाख १० हजार २७८ कित्ता शेयरको रू. ६७ करोड ८५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८४२ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नागरिक लगानी कोष रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३ हजार ३२४ मा रू. ३ करोड ९७ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

कारोबारको दोस्रो घण्टामा उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, शेयरमूल्य सबैभन्दा बढी घट्ने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ८६ प्रतिशत घटेर प्रतिकित्ता रू. ३९३ मा कारोबार भइरहेको छ ।

यस अवधिमा १२ समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ ओटा समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्