ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या २० पुग्यो

२०७७ भदौ, २३  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, कास्की । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण भेटिएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले कास्कीको पोखरा महानगरपालिकाका ४ ओटा वडामा ५ जना र नवलपरासीमा ६ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

निर्देशक डा. शर्माका अनुसार पोखरा महानगरपालिकामा ५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ तथा २६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष तथा वडा नम्बर २७ का ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित सबैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे–क्लिनिकमा परीक्षण गराएका थिए ।

यसैगरी चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपरासीका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु गैंडाकोट नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीया महिला, वडा नम्बर ५ का ३२ वर्षीया महिला तथा ३८ वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीया महिला रहेकी छिन् । 

यस्तैगरी कावासोती २ का २३ वर्षीया महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशक डा. शर्माले बताए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६१२ पुगेको छ । 

संक्रमित सबैलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशक डा.शर्माले बताए । संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भइरहेको उनले बताए ।

निर्देशक डा.शर्माले कास्कीमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए । कास्कीको अन्नपूर्ण गाउँपालिका १ निवासी ६३ वर्षीया महिलाको उपचारका क्रममा भदौ २१ गते वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको उनले बताए । उनलाई ब्रेन ट्युमर तथा मृगौलाको समस्या रहेको थियो । मृतक महिलालाई भदौ १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या २० पुगेको छ । मृत्यु हुनेहरुमा कास्कीका ७, स्याङ्जाका २, गोरखाका ४, तनहुँ ३ नवलपुरका २, म्याग्दीका, लमजुङका र बागलुङका १/१ जना रहेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्