ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो घण्टामा उकालो लाग्यो बजार, उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य ९.९३% बढ्यो (२ बजेको अपडेट) 

२०७७ भदौ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ७ दशमलव ९८ अंकले बढेर १ हजार ४९५ दशमलव ७९ विन्दुमा पुगेको छ । कारोबार शुरु भएको १३ मिनेटदेखि ओरालो लागेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ३६ प्रतिशत बढेको छ ।

तेस्रो घण्टाको अवधिमा १८७ ओटा कम्पनीको रू. १ अर्ब १६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८५७ मा कारोबार भइरहेको छ । 

कारोबारको तेस्रो घण्टामा उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९३ प्रतिशत वृद्धि भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २०७ मा कारोबार भइरहेको छ ।

त्यस्तै, शेयरमूल्य सबैभन्दा बढी घट्ने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ८६ प्रतिशत घटेर प्रतिकित्ता रू. ३९३ मा कारोबार भइरहेको छ ।

यस अवधिमा १२ समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये होटल्स समूहको परिसूचक शून्य दशमलव ७८ प्रतिशत घटेको छ भने बाँकी ११ ओटा समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्