ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यावसायिक घरभाडा मिनाहा गर्न महासंघको माग

२०७७ भदौ, २३  
समाचार
Image Not Found

भदौ २३, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभर बढ्दै गएको कोरोना संक्रमणका कारण सरकारले जारी गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । 

महासंघका अध्यक्ष नरेश कटुवालले मंगलवार एक विज्ञप्ति जारी गरी झण्डै छ महीना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन् । 

‘लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ’, अध्यक्ष कटुवालले भने । 

महासंघले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ । विस २०७३ सालमा स्थापना भएको महासंघमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्