ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारततर्फ तस्करी गर्न लागिएको ३३ बोरा हरियो केराउ बरामद

२०७७ भदौ, २३  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, राजविराज । सप्तरीमा भारततर्फ तस्करी गर्न लागिएको ३३ बोरा हरियो केराउ प्रहरीले बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ स्थित कोशी नदीको बाटो हुँदै डुंगामा लोड गरी भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उक्त केराउ नियन्त्रणमा लिएको हो ।

कोशी पलार क्षेत्रबाट तस्करी भइरहेको सूचनाको आधारमा प्रहरी पुग्दा तस्कर भने फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

बरामद भएको केराउ सोमवार नै आवश्यक प्रक्रिया पूरा गरि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी तिलक भारतीले जानकारी दिए ।

लकडाउनका कारण सीमा क्षेत्रमा प्रहरीले निगरानी कडा पारेपछि तस्करहरुले अहिले सप्तकोशी नदीलाई तस्करीका सरसामान ओसारपसारका लागि प्रयोग गर्न थालेका छन् । 

दुई साताअघि पनि सोही क्षेत्रबाट सशस्त्र प्रहरीले डुंगामा राखी भारततर्फ तस्करी गरि लैजादै गरेको अवस्थामा १७५ बोरा हरियो मटर बरामद गरेको थियो । प्रहरीले नाका क्षेत्रमा गस्ती र निगरानी बढाएपछि तस्करहरू सप्तकोशीबाट डुंगामार्फत तस्करीको नयाँ शैली अपनाउन शुरू गरेको पाइएको डिएसपी तिलक भारतीको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्