ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साल्ट ट्रेडिङसहित ४ ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीले  वृद्धि

२०७७ भदौ, २३  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनसहित चार ओटा कम्पनीको शेयर मूल्य मंगलवार ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९३ प्रतिशत, एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९३ प्रतिशत र जोशी हाइड्रो पावर कम्पनीको ९ दशमलव ३० प्रतिशतले वृद्धि भएको हो । 

ती कम्पनीको शेयरमा खरीद गर्ने माग अत्याधिक भएपछि शेयर मूल्य बढेको हो ।

पछिल्लो समय नेप्से परिसुचक बढेसँगै केही लगानीकर्ताले लाभांशको अपेक्षामा शेयर खरीद गर्ने गरेका छन् भने  केही लगानीकर्ताले कम्पनीको शेयर मूल्य न्यून रहेकाले अल्पकालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने अपेक्षामा लगानी गर्ने गरेको पाइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्