ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

७.३५ अंक बढ्यो शेयर बजार, १ अर्ब ७९ करोडभन्दा बढीको कारोबार 

२०७७ भदौ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । गत बिहीवारदेखि ओरालो लागेको शेयर बजार मंगलवार भने ७ दशमलव ३५ अंक बढेको छ । 

यस दिन २ बजेर ४३ मिनेटसम्म घटेको बजार त्यसपछि भने उकालो लाग्न शुरु गरेको हो । सोमवार शेयर बजार १२ दशमलव १७ अंक घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा बन्द भएको थियो ।

मंगलवार भने १ हजार ४९१ दशमलव ३३ विन्दुदेखि खुलेको बजार १ हजार ४७७ दशमलव ३८ विन्दुसम्म झरेको थियो ।सोमवारको तुलनामा मंगलवार कारोबार रकममा भने कमि आएको छ । सोमवार रू. २ अर्ब १६ करोड ४९ लाख ३० हजार बराबरको शेयर कारोबार भएको थियो ।

मंगलवार भने कारोबार रकम रू. १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रहेको छ । यस दिन १९० ओटा कम्पनीको २३ हजार २९७ पटकको व्यापारमा उक्त रकम बराबरको ४१ लाख ८० हजार ८१६ कित्ता शेयर कारोबार भएको हो ।

मंगलवार पनि सर्वाधिक रकमको कारोबार नेपाल पुनर्बीमा कम्पनीकोनै भएको छ । उक्त कम्पनीको रू. २७ करोड ५५ लाख ३९ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनी पछि दोस्रोमा नागरिक लगानी कोषको शेयर कारोबार भएको छ ।

१ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न बोर्डमा निवेदन दिदैं प्रक्रिया अघि बढाएको कोषको मंगलवार रू. १२ करोड २२ लाख ९६ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन साल्ट ट्रेडिङ कपोरेशनको ९ दशमलव ९९ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ९ दशमलव ९३ प्रतिशत, एनआरएन लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९१ प्रतिशत र जोशी हाइड्रोको ९ दशमलव ३० प्रतिशत शेयरमूल्य बढेको छ । त्यस्तै यो दिन एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य ९ दशमलव ८६ प्रतिशतले घटेको छ । निरन्तर तीन दिनदेखि सर्वाधिक मूल्य घटिरहेको उक्त कम्पनीको मंगलवार अन्तिम मूल्य रू. ३९३ कायम भएको छ ।

मंगलवार बजार बन्द हुदाँ १२ ओटा समुहमध्ये बैंकिङ र होटलको वाहेक सबैको परिसूचक बढेको छ । यस दिन बैंकिङ्को शून्य दशमलव २४ प्रतिशत र होटललको शून्य दशमलव ३३ प्रतिशत परिसूचक घटेको छ । यस दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५८ प्रतिशत बढेको छ ।

 त्यस्तै उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ७४ प्रतिशत विकास बैंकको शून्य दशमलव ४ प्रतिशत, जलविद्युतको १ दशमलव ९७ प्रतिशत, वित्तको शून्य दशमलव ६७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ९९ प्रतिशत, अन्यको १ दशमलव २७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत परिसूचक बढेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्