ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ४८१३८

२०७७ भदौ, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नेपालमा मंगलवार थप ९०२जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ६ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

विगत २४ घण्टामा १० हजार ६११ ओटा पीसीआर परीक्षण गरिएको छ । मंगलवार थप २ हजार २८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन् भने १४ हजार ८६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कुल पीसीआर परीक्षण संख्या ७ लाख ८८ हजार १७४ पुगेको मन्त्रालयले बताएको छ ।अहिलेसम्म मुलुकमा ३२ हजार ९६४ जना कोरोना मुक्त भएका छन् ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले नेपालमा हालैका दिनमा दैनिक २५ हजारसम्मको परीक्षण गर्ने क्षमता विस्तार भएको बताए ।

विगत २४ घण्टामा काठमाडौं जिल्लामा ३०० जना, भक्तपुर जिल्लामा ५८ जना र ललितपुर जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्