ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजार बढेसँगै कम मूल्य भएका शेयरमा लगानीकर्ताको आकर्षण

मंगलवार जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.३ प्रतिशत वृद्धि

२०७७ भदौ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । पछिल्लो समय बजार बढेसँगै कम शेयरमूल्य भएका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । पछिल्लो एक हप्तामा ११ ओटा कम्पनीको शेयर मूल्यलाई लिएर गरेको विश्लेषणले यस्तो देखाएको हो । 

कम मूल्य भएका कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढेसँगै मंगलवार जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ३० प्रतिशत वृद्धि भएको छ ।  उक्त दिन कम्पनीको शेयरमूल्य रू. ९४ पुगेको हो । मंगलवार कम्पनीको १५ हजार ५२१ कित्ता शेयर खरीदविक्री भएको छ । 

एक हप्तामा ११ अंकित मूल्यभन्दा कम भएका कम्पनीको शेयर मूल्यलाई लिएर गरेको विश्लेषणमा सबैभन्दा बढी जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य वृद्धि भएको छ । 

कम्पनीको शेयर मूल्य एक हप्तामा ३४ रुपैयाँ बढेको हो । त्यसैगरी दोस्रोमा युनिभर्सल पावर कम्पनीको शेयरमूल्य एक हप्तामा २१ रुपैयाँले बढेर मंगलवार प्रतिकित्ता रू. ९७ पुगेको छ । 

नेप्सेमा सूचीकृत ३३ ओटा जलविद्युत कम्पनीहरुमध्ये ११ ओटा कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल रहेको छ । सबैभन्दा कम शेयर मूल्य दिव्यश्वरी हाइड्रोपावरको रहेको छ । कम्पनीको शेयरमूल्य मंगलवार प्रतिकित्ता रू. ५५ रहेको छ ।  

बढेको बजारमा अंकित मूल्यभन्दा तल रहेका कम्पनीको शेयरमा लगानी गरेमा पनि अल्पकालिन रुपमा लाभ लिन सकिने एक लगानीकर्ता बताउँछन् ।

यसरी हेर्दा लगानीकर्ताहरुले कम मूल्य भएका कम्पनीको शेयरमूल्य बढेको बजारमा अल्पकालिन रुपमा लगानी गरीे निश्चित प्रतिफल पाएपछि विक्री गर्ने गर्दछन् । नियामक निकायको प्रभावकारी मूल्यांकन र हाइड्रोपावर कम्पनी भित्रको आर्थिक सुशासन राम्रो भएमा आगामी दिनमा यो क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको आकर्षण बढ्ने देखिन्छ  ।

                                                                                                     स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्