ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘विश्व अर्थतन्त्रमा भी आकारको पुनर्बहाली आउँछ’

२०७७ भदौ, २३  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २३, टोकियो (जापान) । विश्व अर्थतन्त्र छिटै पुनर्बहाली हुने बताइएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक मोर्गन स्ट्यान्लीका अर्थशास्त्रीहरुले यस्तो बताएका हुन् । 

बैंकको पछिल्लो प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र छिटोमा आगामी त्रैमासमा महामारी पूर्वको स्तरमा फर्किने छ । यो यसअघि अनुमान गरिएको भन्दा एक त्रैमास छिटो हो । 

‘प्रमाणहरुले के औंल्याएका छन् भने अर्थतन्त्र समीकरण महामारीको शुरुआती दिनदेखि नै निर्णायक रुपमा परिवर्तन भएको छ,’ आफ्ना ग्राहकहरुको नाममा प्रेषित एक नोटमा बैंकका अर्थशास्त्रीहरुले भनेका छन् । 

देशहरुले भाइरसको व्यवस्थापन राम्ररी गर्न सकेसँगै विश्व अर्थतन्त्रको पुनर्बहालीले गति लिन थालेको नोटमा भनिएको छ । अमेरिकी अर्थतन्त्र आगामी वर्षको दोस्रो त्रैमाससम्ममा कोभिड–१९ को महामारी पूर्वको स्तरमा पुग्नेछ । 

समग्र विकसित अर्थतन्त्रलाई भने सो स्तरमा पुग्न आगामी वर्षको तेस्रो त्रैमास लाग्ने उनीहरुको भनाइ छ । अभूतपूर्व स्तरमा चालिएको वित्तीय र मौद्रिक टेवा र व्यापारमा आएको सम्भावित अवरोधका कारण पुनर्बहालीको साथमा उच्च मुद्रास्फीति देखिने समेत नोटमा बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्