ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भरतपुर अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु 

२०७७ भदौ, २३  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

नवलपुर जिल्ला देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय पुरुषको मंगलवार साँझ साढे पाँच बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । खोकी र श्वासप्रश्वासमा समस्या भएर शुक्रवार ती पुरुष  अस्पतालको आईसीयू कक्षमा भर्ना भएका थिए । 

अस्पताल आउनुभन्दा २ दिन अघि नै कोरोना संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा मंगलवार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार ती पुरुष मृगौला फेल भई विगत केही समयदेखि डायलासिस गर्दै आएका थिए । निमोनियाले समेत ग्रस्त उनको भेण्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्