ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकामा ‘सबैले मास्क लगाउनु जरुरी छ’ भन्ने सन्देश लेखिएको एक बोर्ड

२०७७ भदौ, २३  
Slider
Image Not Found

अमेरिकाको न्यूजर्जी राज्यको प्लेल्याड्ज कास्टवे कोभको प्रवेशद्वारमा ‘सबैले मास्क लगाउनु जरुरी छ’ भन्ने सन्देश लेखिएको एक बोर्डको मिति नखुलेको तस्वीर । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले देशहरूलाई आ–आफ्नो सार्वजनिक स्वास्थ्य प्रणालीमा लगानी गर्न आग्रह गरेको छ । विश्व आगामी महामारीसँग जुध्न अझ राम्रोसँग तयार हुनु पर्ने तर्फ औंल्याउँदै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले यस्तो बताएका हुन् । 

कोभिड–१९ अन्तिम महामारी नहुने भन्दै आगामी महामारीको सामना गर्न विश्व अहिलेकोभन्दा झनै राम्रोसँग तयार रहनु पर्ने सोमवार आयोजित एक पत्रकार सम्मेलनमा उनले भनेका हुन् ।

हालैका वर्षहरुमा कयौं देशहरुले आधारभूत सार्वजनिक प्रणालीको वेवास्ता गरेको भन्दै उनले सरकारहरुलाई सार्वजनिक स्वास्थ्यमा लगानी गर्न आग्रह गरेका छन् । तस्वीरः गेट्टी इमेज  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्