ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल राष्ट्र बैंकको सक्रियता

२०७७ भदौ, २४  
१० वर्ष अघि
NA

नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा डा. युवराज खतिवडाले काम थालेको दुई हप्तामात्र भएको छ । तर लामो समयदेखि चर्चा र सक्रियताविहीन अवस्थामा रहेको मुलुकको केन्द्रीय बैंक नयाँ गभर्नरको सक्रियताका कारण यतिखेर समाचार र चासोको केन्द्रमा आएको छ । यो सकारात्मक पक्ष हो । गत हप्ता  मात्रै नेपाल राष्ट्र बैंकले झन्डै आधा दर्जन जति गम्भीर प्रकृतिका निर्णयहरू गरेको छ । यीमध्ये कतिपय निर्णयहरू लामो समयदेखि अपेक्षित थिए ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई १५ अर्ब रुपैयाँ बराबरको ६ महिना अवधिको पुनर्कर्जा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । गत पुस मसान्तलगत्तै हुुनुपर्ने मौद्रिक नीतिको मध्यावधि समीक्षा तीन महिना ढिलै भए पनि अहिले गरिएको छ । गभर्नर नियुक्ति हुनेबित्तिकै डा. खतिवडाले आफ्ना भाषण र अन्तर्वार्ताहरूमा मौद्रिक नीतिलाई अझ कसिलो बनाउने घोषणा गरेका थिए । उनको यो भनाइले धेरैलाई आश्चर्यमा पारेको थियो । किनभने अहिलको अवस्थामा यो व्यावहारिक दृष्टिले कार्यान्वयन सम्भव प्रस्ताव थिएन । तर, व्यवहारमा उनले मौद्रिक नीतिको समीक्षामार्फत यसलाई वैदेशिक मुद्रा व्यवस्थापनबाहेकका प्रायः सबै विषयमा सकेसम्म खुकुलो नै बनाउने प्रयास गरे ।

वर्ष ५, अंक ३१, २०६६, चैत २३–२९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्