ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकन गर्न जोड

२०७७ भदौ, २४  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल–भारतबीचको वाणिज्य सन्धिलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रिज (निक्की) द्वारा सोमवार आयोजित वेबिनार कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा दुईपक्षीय व्यापार, पारवहन, भन्सार लगायत विषयमा समेत वृहत् छलफल छलफल भएको छ ।

कार्यक्रममा संघकी अध्यक्ष सिर्जना राणाले संघको उद्देश्य, संरचना, विगतका गतिविधि र नेपाल–भारत व्यापारिक सम्बन्धका विविध पक्षका साथै नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका सम्बधमा भएका प्रयास तथा कार्यहरूको बारेमा विशेष प्रस्तुती दिएकी थिइन् ।

साथै सन् २०१५ मा नयाँ दिल्लीमा सम्पन्न भएको नेपाल–भारत पर्यटन प्रवर्द्धधन संयुक्त कार्यदलको बैठक तथा सन २०१८ मा नेपालमा सम्पन्न सोही कार्यदलको बैठकका निर्णयहरू, ती निर्णय कार्यान्वयन सम्बन्धमा भइरहेका प्रक्रियागत ढिलाइ र समस्यालाई जतिसक्दो चाँडो समाधानका उपायहरूका लागि सरकारी निकायहरू तथा निजी क्षेत्रका पर्यटनसँग सम्वन्धित सरोकारवालासँग भइरहेका संवादबारे जानकारी गराइन् ।

कार्यक्रममा संघका महासचिव तथा वाणिज्य तथा पारवहन समितिका सयोजक आरबी रौनियारले दुई देशबीच विद्यमान २ दशकभन्दा बढी समयदेखि लगभग स्थिर रहेको व्यापार, वाणिज्य, पारवहन, रेलसेवा सम्झौता, ती सम्झौताहरूको उपादेयता लगायतका विषयमा प्रकाश पारेका थिए ।

हल्दिया, कालुघाट, साहिवगञ्ज र वाराणसीलाई दुई देशीय व्यापारका लागि तथा तेश्रो मुलुकका सामानका लागि कालुघाट र साहिवगञ्ज टर्मिनललाई उपयोग गरिनु पर्ने, नेपालमा दर्ता रहेको र भाडाका जहाजहरूलाई जलपरिवहनका लागि अनुमति दिइनुपर्ने, नेपाली सिपिङ लाइनहरूले भारतीय जलमार्ग हुँदै बंगालदेशसम्म सञ्चालन गरिनु उपयुक्त हुने राय पनि उनले दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा भारतीय उद्योग फोरम समितिका संयोजक सैवाल घोषले सन १९९० को दशकमा उत्साहजनक रूपमा नेपालमा भारतीय लगानी आएको तर त्यसपछिका बर्षहरूमा केही सुस्ताए पनि हालसम्म नेपालमा भित्रिएका वैदेशिक लगानीमध्ये भारतबाट ४० प्रतिशतको हाराहारीमा वैदेशिक लगानी रहेको बताए ।

यस्तै संघका उपाध्यक्ष तथा कार्यक्रम, जनसम्पर्क तथा प्रचार समितिका संयोजक सुनिल केसीले संघले आगामी दिनहरूमा संघका तर्फबाट बार्षिक कार्यक्रम अन्तरगत मार्च र अप्रिलमा गर्ने गरी तयारी भएका ४ ओटा कार्यक्रमहरू अन्तिम समयमा कोरोना महामारीको लकडाउनले गर्दा स्थगित गर्नु पर्ने अवस्था आएको जानकारी दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्