ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छूट

२०७७ भदौ, २४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकका ग्राहकले विभिन्न स्वास्थ्य सेवामा छूट पाउने भएका छन् । बैंकको भिसा डेबिट कार्डवाहक तथा मोवाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्दै बैंकले विभिन्न स्वास्थ्य सेवामा छूटको समेत प्रबन्ध गरेको हो ।

उक्त सेवाका लागि बैंकले काठमाडौंका विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पताल, लाजिम्पाटस्थित भिजन कन्सर्न, अनामनगरस्थित डाक्टर अन कल, लाजिम्पाटस्थित सुरिया हेल्थ केयर र कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोष्टिक ल्याब्रोटरीसँग सम्झौता गरेको बताएको छ ।

सो सम्झौताका आधारमा बैंकका ग्राहकलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छूटको व्यवस्था गरिएको छ ।

यस्तै, भिजन कन्सर्नका विभिन्न सेवा लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छूटको व्यवस्था गरिएको बैंकले बताएको छ । त्यसैगरी, डाक्टर अन कलको विभिन्न सेवा लिँदा २० प्रतिशतसम्मको छूट पाउने व्यवस्था गरिएको छ । सेवाअन्तर्गत स्वास्थ्यसम्बन्धी सेवा जस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ केयर, औषधि डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिने बताइएको छ ।

यस्तै सुरिया हेल्थ केयरमा पनि विभिन्न डाइग्नोष्टिसम्बन्धी सेवामा १० प्रतिशत छूट र पीसीआर परीक्षणमा पनि विशेष छूट दिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ । सेन्ट्रल डाइग्नोष्टिक ल्याबोरेटोरीमा पनि पीसीआर परीक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छूटको व्यवस्था गरिएको बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्