ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्वतमा यातायात सेवा खुल्ला गर्ने निर्णय

२०७७ भदौ, २४  
गण्डकी प्रदेश
NA

पर्वत (अस) । कोरोना जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले बन्द गरेको जिल्लाभित्रको यातायात सेवा बुधवारदेखि सञ्चालनमा आउने भएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाहिरी जिल्ला जाँदा भने प्रशासन कार्यालयको अनुमति लिनुपर्ने जानकारी दिए ।

बिरामी बोक्ने एम्बुलेन्स, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, इन्धन ढुवानी, सरकारी कार्यालय, सञ्चारकर्मीका सवारी, सुरक्षा निकाय, कूटनीतिक नियोगका सवारी भने यसबीचमा पनि निर्वाध चलिरहेका थिए ।

छिमेकी जिल्लाबाट लुकिछीपी प्रवेश गर्नेहरूकै कारण संक्रमणको जोखिम देखिएपछि १ सातादेखि आन्तरिक रूपमा चल्ने यातयात सञ्चालनमा रोक लगाइएको थियो । सार्वजनिक यातायात बन्द हुँदा पनि बजार, सरकारी कार्यालय र निजी सवारीसाधनहरू भने निर्वाध रूपमा सञ्चालन हुँदै आएका छन् । लुकिछीपी छिरेकाहरूबाट संक्रमण भित्रिएको भए पनि सबै ठाउँमा पुग्न नसकोस भनेर एक हप्ता सार्वजनिक यातयात बन्द गरेर फेरि खोल्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । तर, दुई हप्तासम्म अवस्था हेरेर फेरि पनि आवश्यक परे बन्दको निर्णय लिन सकिने प्रशासनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्