ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्तरोन्नति हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

२०७७ भदौ, २४  
सुदूरपश्चिम प्रदेश
NA

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तीमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रूपमा स्तरोन्नति गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रूपमा स्तरोन्नतिका लागि प्रदेशका सबै ९ जिल्लामा एक÷एकओटा क्याम्पस छनोट गरेको छ । छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज र डँडेलधुराको त्रिवेणी बहुमुखी क्याम्पस छन् । यसैगरी बैतडीको जगन्नाथ, दार्चुलाको दार्चुला, बझाङको सुनकुडा, बाजुराको बाजुरा र अछामको अछाम बहुमुखी क्याम्पसलाई पनि नमूना क्याम्पसको रूपमा स्तरोन्नतिका लागि छनोट गरिएको छ ।

मन्त्रालयको उच्च शिक्षा शाखाका अधिकृत जयदेव महराले जिल्लामा सञ्चालित क्याम्पसमध्ये कम्तीमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रूपमा स्तरोन्नति गर्न विश्वविद्यालय आयोगले बनाएको मापदण्ड, तोकिएका ५८ ओटा विभिन्न सूचकहरू र क्याम्पसले भरेको स्वमूल्यांकन फारामका आधारमा छनोट गरिएको बताए । उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने प्रदेश सरकारको नीति बमोजिम छनोटमा परेका क्याम्पसलाई नमूना क्याम्पसमा स्तरोन्नतिको पहल थालिएको हो । यसका लागि मन्त्रालयले ‘नमूना क्याम्पस तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७७’ तयार गरिरहेको छ ।

मूल्यांकन गर्दा सर्वोत्कृष्ट अंक ल्याउन सफल कैलाली र कञ्चनपुरका विभिन्न पाँचओटा क्याम्पसले पाएको प्राप्तांकको तुलनामा एक तह मुनि अंक प्राप्त गर्ने क्याम्पसहरू स्तरोन्नतिका लागि छनोटमा परेका हुन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्