ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.८८ अंकले बढेको नेप्से १४९६.०३ विन्दुमा (१२ बजेको अपडेट) 

२०७७ भदौ, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । बुधवार पहिलो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ८८ अंकले बढेर १ हजार ४९६ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । 

१ हजार ४९८ दशमलव ५० विन्दुबाट शुरु भएको बजार कारोबार शुरु भएको ३५ मिनेटपछि ओरालो लागेर १ हजार ४९५ दशमलव ७० विन्दुसम्म पुगेको थियो । सो पछि उकालो लागेको  बजार यस अवधिमा नेप्से शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ ।

कारोबारको पहिलो घण्टामा १२ समूहको परिसूचक कारोबारमा आएको छ । बैंकिङ, विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी ८ ओटा समूहको परिसूचक बढेको छ । 

पहिलो घण्टाको अवधिमा १६९ ओटा कम्पनीको ४ हजार १२७ पटकको कारोबारमा ६ लाख २६ हजार ९४८ कित्ता शेयरको रू. ३७ करोड २८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ५६० मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ७४४ मा रू. ५ करोड ६ लाख बराबरको शेयरको खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्