ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शाइन रेसुङ्गाका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा 

२०७७ भदौ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न शुरु गरेको छ । 

कम्पनीले असार १२ गतेको साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गर्न थालेको हो ।

जेठ ३२ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा जम्मा भएको र सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः जम्मा गरिदिने कम्पनीलेले बताएको छ ।

 साथै २०७६ असोज २६ गतेपछि शेयर खरीद गरी कायम भएका शेयरधनीले पनि कम्पनीकोे असार १२ गते सम्पन्न साधारण पारीत १५ प्रतिशतका दरको बोनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा कर बापतको रकम जम्मा गरे पछि मात्र सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ ।  

शेयरधनीले सो बोनस शेयरको कर बापतको रकम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालय बुटवल तथा शाखा कार्यालयहरु र शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा बुझाउन  सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्