ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम– २ ले पठाए नगद लाभांश इकाईधनीको खातामा 

२०७७ भदौ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्र्तगत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम– २ ले इकाईधनीहरुको बैंक खातामा नगद लाभांश भदौ १७ गतेदेखि पठाउन शुरु गरेका छन् ।

सिद्धार्थ इक्टिी फण्डले करसहित ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम– २ ले ५ प्रतिशत नगद लाभांश इकाईधनीको बैक खाता जम्मा गरेको हो । यी दुबै योजनाले इकाईधनीको खातामा भदौ १७ गतेदेखि लाभांश जम्मा गरेको भन्दै आफ्नो बैंक खाता प्रतिफल प्राप्त भए नभएको यकिनसमेत गर्न भनेको छ ।

साथै हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीले हितग्राही खाता रहेको निक्षेप सदस्यकहाँ सम्पर्क राखी बैंक खाता अद्यावधिक गराई नगद लाभांश लिन भनिएको छ ।योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्