ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा ४.५३ अंकले बढ्यो नेप्से, ३ ओटा कम्पनीको शेयरमूल्यमा १०% वृद्धि (१ बजेको अपडेट) 

२०७७ भदौ, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । बुधवार दोस्रो घण्टामा नेप्से परिसूचक ४ दशमलव ५३ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाबमा रहेको बजार यस अवधिमा शून्य दशमलव ३० प्रतिशत बढेर १ हजार ४९९ दशमलव ६८ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको ११ हजार २८४ पटकको कारोबारमा १६ लाख ८५ हजार ३६१ कित्ता शेयरको रू. ९१ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ५८५ मा कारोबार भइरहेको छ । 

कारोबारको दोस्रो घण्टामा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै, शेयरमूल्य सबैभन्दा बढी घट्ने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत घटेर प्रतिकित्ता रू. ३५४ मा कारोबार भइरहेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्