ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महामारीका कारण विश्वभर बढ्यो खाद्यान्नको मूल्य 

२०७७ भदौ, २४  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २४, रोम (इटली) । विश्वभर खाद्यान्नको भाउ बढेको छ । कोरोना भाइरसको महामारीबीच विश्वभर भाउ बढेको हो । यसले खाद्यान्न सुरक्षासम्बन्धी चिन्ता बढाएको छ । अगष्टमा खाद्यान्नको भाउ फेब्रुअरी यताकै उच्च विन्दुमा उक्लिएको खाद्य तथा कृषि संगठन (एफएओ)को खाद्य मूल्य सूचकांकले देखाएको छ । 

योसँगै अगष्टमा सूचकांक लगातार तेस्रो महीना पनि बढेको छ । एफएओको मूल्य सूचकांकले सबैभन्दा धेरै किनबेच हुने खाद्यान्न कमोडिटिजको मूल्य मापन गर्दछ । उच्च माग र कमजोर अमेरिकी डलरका कारण खाद्यान्नको मूल्य बढेको एफएओले बताएको छ । 

गत महीना चीनमा खाद्यान्नको मूल्य गत वर्षको सोही अवधिको तुलनामा ११ दशमलव २ प्रतिशतले बढेको त्यहाँको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ । अफ्रिकन स्वाइन फिभरका कारण सुँगुरको मासुको भाउ आकाशिएसँगै खाद्य डालो प्रभावित भएको हो । 

गत वर्षको सोही अवधिको तुलनामा अगष्टमा सुँगुरको मासु ५२ दशमलव ६ प्रतिशतले बढेको छ । गर्मी र अत्यधिक वर्षाका कारण  पनि मूल्य प्रभावित भएको हो । सो अवधिमा तरकारीदेखि अण्डासम्म चीनमा सबै खानेकुराको भाउ बढेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्