ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५११.१५ विन्दुमा नेप्से, नागरिक लगानी कोषको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ भदौ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा परिसूचक १६ अंकले बढेर १ हजार ५११ दशमलव १५ विन्दुमा पुगेको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

तेस्रो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको रू. १ अर्ब ७८ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १६ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ६२० मा कारोबार भइरहेको छ । 

कारोबारको तेस्रो घण्टामा पनि राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै, शेयरमूल्य सबैभन्दा बढी घट्ने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत घटेर प्रतिकित्ता रू. ३५४ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्