ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : प्रडक्ट लञ्च कार्यक्रममा सहभागी भइरहेका नोङफु स्प्रिङका अध्यक्ष शानशान

२०७७ भदौ, २४  
Slider
Image Not Found

चीनको चिलिन प्रान्तको पाइशानमा कम्पनीको नयाँ प्रडक्ट लञ्च कार्यक्रममा सहभागी भइरहेका चिनियाँ बोटल वाटर तथा पेय निर्माता कम्पनी नोङफु स्प्रिङका अध्यक्ष चोङ शानशानको सन् २०१५ को फेब्रुअरी १ मा खिचिएको फाइल तस्वीर । 

मंगलवार चोङ केही बेरका लागि चीनकै सबैभन्दा धनी व्यक्ति बने । हङकङमा प्राथमिक शेयर निष्कासन (आईपीओ)बाट मंगलवार नोङफु स्प्रिङले १ अर्ब १० करोड डलर संकलन गरेसँगै कम्पनीको शेयर प्रारम्भिक शेयर मूल्यको तुलनामा ८५ प्रतिशतले बढेर प्रतिकित्ता ५ अमेरिकी डलर १४ सेन्टमा उक्लिएको थियो । 

कम्पनीमा ८४ दशलमव ४ प्रतिशत शेयर स्वामित्व भएका चोङको नेटवर्थ बढेर ५९ करोड अमेरिकी डलरमा पुग्यो । योसँगै चोङले चीनको सबैभन्दा धनी व्यक्ति चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टका पोनी मा र अनलाइन कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई उछिने । 

यद्यपि, बजार बन्द हुँदा कम्पनीको शेयर मूल्यमा भएको वृद्धि ५३ दशमलव ९ प्रतिशतमा समेटिएपछि भने उनी तेस्रो स्थानमा सीमित भए । तस्वीरः गेट्टी इमेज 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्