ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५०८.२० विन्दुमा नेप्से, साढे २ अर्बभन्दा बढीको शेयर खरीदविक्री 

 बीमा र लघुवित्त कम्पनीको शेयरतर्फ लगानीकर्ताको आकर्षण

२०७७ भदौ, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमामडौं । नेप्से परिसुचक बुधवार १ हजार ५०८ दशमलव २० बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १३ दशमलव ५ अंकले वृद्धि भएको हो । यस दिन १९४ ओटा कम्पनीको ५७ लाख ९८ हजार ५३२ कित्ता शेयरको रू. २ अर्ब ५६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

बुधवारको कारोबार दिनमा राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर १० प्रतिशतका दरले वृद्धि भएको छ भने एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै  अर्थात् ९ दशमलव ९२ प्रतिशत घटेको हो । 

बुधवार बीमा र .लघुवित्तमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । सोही कारण निर्जीबन बीमा समूहको परिसुचक ३ दशमलव ५ प्रतिशत र लघुवित्त समूहको परिसुचक २ दशमलव २ प्रतिशत वृद्धि भएको छ ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये दुई ओटा समूहको परिसुचक बैंकिङ समूह र विकास बैंक समूहको परिसुचक घटेको छ भने बाँकी समूहको परिसुचक बढेको छ ।

सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २२ करोड ३१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रो सर्वाधिक कारोबार गर्नेमा नागरिक लगानी कोष रहेको छ । कोषको रू. १८ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको छ  । 

कोषले ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै कम्पनीको शेयर बढी खरीद विक्री बढेको हो ।
 बुधवार कोषको शेयर मूल्य ५ प्रतिशत बढेर रू. ३ हजार ६३२ पुगेको छ । 

सर्वाधिक कारोबार गर्ने चार  ओटा कम्पनी :
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्