ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट ३१२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ४९२१९

२०७७ भदौ, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । नेपालमा बुधवार थप १ हजार ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ६ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

हाल सक्रिय संक्रमित १५ हजार २५ जना रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् । बुधवार थप ९१८ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन् । प्रवक्ता गौतमले हालसम्म ७ लाख ९९ हजार ३४१ जनाको परीक्षण भएको बताए ।

 मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । विगत २४ घण्टामा काठमाडौं जिल्लामा ३९४ जना, ललितपुर जिल्लामा ३४ जना र भक्तपुर जिल्लामा ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौं जिल्लामा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ भने ललितपुर जिल्लामा १ हजार ११ र भक्तपुर जिल्लामा ८१८ पुगेको छ ।

उक्त मन्त्रालयका अनुसार कुल पीसीआर परीक्षण संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ । विगत २४ घण्टामा ११ हजार १६७ ओटा पीसीआर परीक्षण गरिएको छ । हालसम्म ३३ हजार ८८२ जना संक्रमण मुक्त भएका छन्  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्