ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय : भोलिदेखि यातायातमा जोरविजोर प्रणाली

२०७७ भदौ, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ ।

बुधवार गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले उक्त आदेश जारी गरेका हुन् ।

साथै, सार्वजनिक र निजी यातायातका साधन र व्यापार व्यवसाय खोल्ने निर्णय गरिएको छ । निजी सवारी साधन तथा सार्वजनिक यातायातको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर- विजोर प्रणालीमा चल्न दिने निर्णय भएको छ ।

भदौ ४ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने तर भिडभाड हुने क्षेत्रलाई भने खुल्न नदिने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्