ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानमा १८ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि विकास 

२०७७ भदौ, २४  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २४, टोकियो (जापान) । जापानी एक कम्पनीले १८ मिनेटमै कोरोना भाइरसको संक्रमण पत्ता लगाउने प्रविधि विकास गरेको छ । ओसाकामा रहेको शिबुया कर्पोरेशनले सो प्रविधिको विकास गरेको हो । 

सो प्रविधिले कोरोना भाइरस मात्रै नभएर इन्फ्लुएन्जा ए र बी समेत पत्ता लगाउने पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रणाली तयार पारेको हो । 

यस प्रणालीको प्रयोग गरी कोरोना भाइरसको संक्रमण छ छैन भनेर व्यक्तिको थुक प्रयोग गरी पीसीआर मार्फत परीक्षण गर्न सकिन्छ । एउटै यन्त्रबाट ३ थरी भाइरस परीक्षण गर्न मिल्ने यो पहिलो प्रणाली भएको दाबी कम्पनीले गरेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्