ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिड–१९ विरोधी खोपको अन्तिम चरणको परीक्षण स्थगित 

२०७७ भदौ, २४  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २४, वाशिङटन डीसी (अमेरिका) । कोरोना भाइरस विरोधी खोप विकासमा काम गरिरहेका नौ ओटा औषधि निर्माता कम्पनीहरुले खोपको अन्तिम चरणको परीक्षण रोकेका छन् । 

सुरक्षालाई प्राथमिकता दिन र कठोर वैज्ञानिक मापदण्ड पूरा गर्न यस्तो निर्णय गरिएको हो । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपती पदको लागि निर्वाचन हुँदैछ । यसअघि खोप बजारमा ल्याउन कम्पनीहरुमाथि राजनीतिक दबाब बढेकै बेलामा औषधि निर्माताहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । 

तेस्रो चरणको व्यापक परीक्षणबाट पर्याप्त मात्रामा डेटाहरु संकलन गरेपछि मात्रै नियामक अनुमतिको लागि आवेदन दिइने कम्पनीहरुले बताएका छन् । यस्तो प्रतिबद्धता जनाउने कम्पनीमा मोडेर्ना, फाइजर, ग्ल्याक्सोस्मिथकेलाइन र अस्त्रजेनेका आदि छन् ।  अहिले तीन खोप निर्माता कम्पनीहरु तेस्रो चरणको परीक्षणमा प्रवेश गरेका छन् । 

राष्ट्रपति निर्वाचन अघि नै बजारमा खोप ल्याउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कम्पनीहरुलाई दबाब दिइरहेको छ । यस्तोमा जनस्वास्थ्य विज्ञ र वैज्ञानिकहरुले भने चिन्ता व्यक्त गरेका छन् । पछिल्लो प्रतिबद्धताले कोभिड–१९ विरुद्धको खोपप्रति जनमानसले विश्वास गर्नेछन् भन्ने सुनिश्चित गर्न मद्दत मिल्ने अपेक्षा  गरिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्