ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थोमस कूकलाई अनलाइन ट्राभल कम्पनीको रुपमा ब्यूताइँदै 

२०७७ भदौ, २४  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २४, लन्डन (बेलायत) । बेलायती ट्राभल ब्रान्ड थोमस कूकलाई अनलाइन कम्पनीको रुपमा ब्यूताइने भएको छ । गत वर्ष कम्पनी धराशयी बनेसँगै हजारौं रोजगारी गुमेको थियो । 

तर अब भने थोमस कुक ट्राभल ब्रान्डलाई अनलाइन कम्पनीको रुपमा मात्रै ब्यूताइने भएको छ । यो सँगै पुरानो व्यवसायको हवाई जहाज, होटल र पसल केही पनि हुने छैन । ब्राण्डको मालिक चिनियाँ लगानी कम्पनी फोसुनले केही हप्ता भित्रै थोमस कूक ब्रान्ड ब्यूताउन खोजेको छ । 

ब्यूतिने समय भने कम्पनीले कहिले सञ्चालन अनुमति पाउँछ भन्नेमा भर पर्नेछ । उच्च कर्जाको भार थेग्न नसकेपछि १७९ वर्ष पुरानो कम्पनी गत वर्ष टाट पल्टिएको थियो । फेसुन थोमस कूकको सबैभन्दा ठूलो शेयर धनी थियो । 

गत वर्षको नोभेम्बरमा भने कम्पनीले थोमस कुकको ट्रेडमार्क, वेबसाइट, सामाजिक सञ्जाल खाता आदिका लागि १ करोड १० लाख पाउन्ड स्टर्लिङ तिरेको थियो । ब्राण्डलाई ब्यूताउन कम्पनीले नियामक नागरिक उड्डयन प्राधिकरणबाट एटोल लाइसेन्स लिनु पर्नेछ । 

यो लाइसेन्स कम्पनीले केही दिनभित्रै पाउन सक्ने समाचारहरु सार्वजनिक भएको छन् । यद्यपि, यसबारे फोसुनले भने केही पनि बताएको छैन । 

यद्यपि, सञ्चालन क्रिसमस सम्ममा गर्ने दाउमा कम्पनी रहेको जानकारहरुले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण विदेश यात्रामा लगाइएको प्रतिबन्ध र क्वारेन्टाइनका नियम आदिमाथि पनि थोमस कूकको रि–लञ्च भर पर्ने बताइएको छ । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्