ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२०४० देखि विद्युतीय ट्याक्सी मात्रै चलाउँदै यूबर 

२०७७ भदौ, २४  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी यूबरले सन् २०४० देखि विद्युतीय ट्याक्सीबाट  मात्रै सेवा सञ्चालन गर्ने भएको छ । 

कम्पनीको एपबाट अनलाइन सेवा दिने ट्याक्सीहरु सो अवधिदेखि विद्युतीय मात्रै हुने घोषणा कम्पनीले गरेको हो । सन् २०३० देखि भने अमेरिका, क्यानडा र यूरोपेली शहरमा सबै ट्याक्सी विद्युतीय हुनेछन् । 

जलवायु परिवर्तनको समस्या समाधान गर्ने जिम्मेवारी बहन गरेर यस्तो कदम चालिएको कम्पनीले बताएको छ । परम्परागत इन्धनबाट चल्ने कारको सट्टामा विधुतीय कार प्रयोग गर्न एपमा आबद्ध चालकहरुलाई मद्दत गर्न कम्पनीले ८० करोड डलर खर्च गर्ने भएको छ । चालकहरुले छूट पाउन भनेर कम्पनीले कार निर्माताहरुसँग साझेदारी समेत गर्ने भएको छ । 

एप प्रयोगकर्ताहरुले विद्युतीय वा हाइब्रिड ट्याक्सीका लागि अनुरोध गर्न सक्ने बताइएको छ । यो विकल्प अमेरिका र क्यानडाको १५ शहरमा उपलब्ध हुनेछन् । यसका लागि अतिरिक्त १ डलर तिर्नु पर्ने यूबरले बताएको छ । यस वर्षको अन्त्यसम्ममा चाँहि यो सेवा विश्वका ६५ भन्दा बढी शहरमा लञ्च गरिनेछ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्